बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गाउँका विद्यालय सुधारको लागि २० करोड जम्मा गर्दै एनआएनए

गाउँका विद्यालय सुधारको लागि २० करोड जम्मा गर्दै एनआएनए


  • संजय रेग्मी
  • असार २६ २०८०, मंगलबार

पर्वत/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको ग्रामीण क्षेत्रको शिक्षामा सुधार गर्नको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।

सहरी क्षेत्रमा रहेका सुविधा सम्पन्न विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूले गुणस्तरीय शिक्षा र आधुनिक सुविधाहरूको प्रयोग गर्न पाउने गरेको भए पनि ग्रामीण क्षेत्रमा रहेको विद्यालयहरूले आर्थिक अभावमा समस्या भोग्दै आएकाले ती विद्यालयहरूलाई सघाउन उद्देश्य राखिएको छ ।

एनआरएनएका अध्यक्ष माधव मरासिनीका अनुसार ग्रामीण क्षेत्रका विद्यालयहरूलाई आर्थिक सहयोग गर्न ‘जनसहयोग बाल शिक्षा कोष’ स्थापना गरिएको छ । दाताहरूबाट रकम जम्मा गर्ने गरी काम अघि बढाइएको उनले बताए ।

एसोसिएसनको पहलमा नेपालमा रहेको देउराली फाउन्डेसनले ‘ट्रस्ट फन्ड’ स्थापना गरिएको छ । ‘फन्ड’मा तत्काल नै बीऊ पूँजीको रूपमा एक करोड रुपैयाँ जम्मा गर्ने र आगामी पाँच वर्षभित्रमा कोषमा २० करोड रुपैयाँ जम्मा गर्ने उद्देश्य राखिएको छ । शिक्षा वा ग्रामीण क्षेत्रको विकासमा चासो राख्ने आम सहयोगदाताहरूलाई सोही कोषमा सहयोग जम्मा गर्न अनुरोध गरी एकीकृत रूपमा कोषमा रकम जम्मा गर्ने एसोसिएसनले बताएको छ ।

‘गाउँका कति विद्यालयमा स्वस्थ पिउने पानी नभएको अवस्था छ । छाना पनि चुहिएका छन् । जेहेन्दार विद्यार्थीले पनि आर्थिक अभावमा रोजेको विषय अध्ययन गर्न पाएका छैनन् । कति विद्यार्थीले बीचैमा विद्यालय छाड्न बाध्य भएका छन्,’ उनले भने,‘हामी यो समस्या कोषमा जम्मा भएको रकम सामुदायिक विद्यालयको मर्मत सम्भार, व्यवहारिक शिक्षा, शैक्षिक सामग्री वितरण र विद्यालय पूर्वाधार निर्माणमा खर्च गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->