बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सांगीतिक कलाकार संघमा हर्कराज

सांगीतिक कलाकार संघमा हर्कराज


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८०, आइतबार

पोखरा/ पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

सघंको उपाध्यक्षमा टोपबहादुर खत्री, सचिवमा भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्षमा शान्तरत्न बज्राचार्य र सह–सचिवमा विनोद वानियाँ चयन भए । यसैगरी सदस्यमा ईन्द्र बहादुर गुरुङ, आनन्दराज बज्राचार्य, अमित गुरुङ र रोहनजंग कार्की छानिए । थप रिक्त दूई सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।

वरिष्ठ संस्कृतिकर्मी तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो । समितिको सदस्यमा संस्थाका सल्लाकार शेरबहादुर गुरुङ र ज्ञानबहादुर थापा रहेका थिए ।

यसअगाडि संघको १४ औं साधारण सभा तथा सातौं अधिवेशनमा बोल्दै गीतकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराका गीतकार, संगीतकार तथा गायकलाई एकसाथ देख्ने रहर आफ्नो रहेको बताए । पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्कबहादुर थापा क्षेत्री (सुनिल थापा) को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->