बहुदलीय जनबाद्को अखेटोमा
कहिले जनताको जनबादको पखेटोमा
केबल सत्ता र शक्तिको भर्र्याङ् बनाई
गोयल र रन्जित रेको दर्शन भेटमा
रास्ट्रबादको जलप लाउने
क्रान्तिकारि कमरेड
पशुपति सुनको जलहरिमा
कहिले राममन्दिरको खोजिमा
सुनले ल्याउने समाजबादमा
एक सर्बहारा कमरेड
राता रात कमाउरेड भयछ
बर्ग मुक्ति भन्ने सहयात्री
समाजबादको सपना देख्ने
लालकमरेडहरु
आफनै बर्ग उत्थानले
अर्कै बर्ग भाको छ रे
सुकिलो मुकिलोको लावा- लस्करमा
आफै सामिल हुने
बर्गिय लडाइँमा घनिभुत छ रे
जनताको छोराछोरी
सहिद बनेर प्राप्त उपलब्धि
हजारौं कार्यकर्ताको बलमा
निर्मित क्रान्तिकारि पार्टी
रुपान्तरण भयर
जनयुद्धको महानता
क्रान्तिकारि गाथा
नेतागणका सेलिब्रेट सन्तति
नब राजकुमार कुमारिहरु
राजसी शैलीमा
आइ लभ यु बाका
राष्ट्रिय छोराछोरी
फिल्मी शैलीमा
समृद्धिको डिलिङमा
दरबारहरुमा मस्त छन रे
शान्ति र सुशासनका सारथि
समाजबादको महारथि
समृद्धिको मार्ग दर्शक
ल्यार्काल लामा हुने होडमा
अदभूत क्षमताको बिकास गरेर
निष्ठा आदर्शनै बेचेर
क्रान्तिकारि रूपान्तरणको
भयंकर नंया लडाइँमा
समृद्धिको महाछलाङमा
सुन लुकाउने
सर्बहारा कमरेड
रातारात खर्बपती भयछ रे
आलिशान सिम्हदरबारमहलको दिबार भित्र
कोर्दै समाजबादको चित्र
समृद्धिको सेटिङमा ब्यस्त छरे
सुन बेच्ने कमरेड
दानी अडुकिया हुने दौडमा
रुपान्तरणको अचम्म लिलामा
यति र ॐनिको बोनसले
सुन भित्र्याउनी कमरेड
समृद्धिको अग्रगामी छलाङमा
धनयुद्धको भयकङर लडाइँमा
समाजबादको मौलिक सिर्जनामा
क्रान्तिकारि कमरेड ब्यस्त छरे !!





