संसार सारा छोडेर जुटने मानिस छैन कि
बोकेर देश कांधमा उठने मानिस छैन कि ?
रगतको रातो रंगले सांध कोरेको बिर्सिएछ
हिमालको सेतो पानीले बाँध फोडेको बिर्सिएछ ?
सम्झिएर पूर्खाको पसिना जाग्ने मानिस छैन कि
यौटै हो हिमाल् अनि हिमबेशी यौटै हो
पूर्वको मेची अनि पश्चिमको महाकाली यौटै हो
हाम्रो यो साझा सपना जोडने मानिस छैन कि ?
आमाको स्तन उही,खेल्ने आँगन पनि उही
उदाउँदो घाम उही साँझको जून पनि उही
फरक छैनौं हामी यहाँ भन्ने मानिस छैन कि ?





