बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

माउन्ट अन्नपूर्ण माविमा पहिलो मास ट्यालेन्ट सो

माउन्ट अन्नपूर्ण माविमा पहिलो मास ट्यालेन्ट सो


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८०, बुधबार

पोखरा /पोखरा ३ नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुद्धारा गठित संगीत,कला र साहित्य क्लबको आयोजनामा पहिलो मास ट्यालेन्ट सो सम्पन्न भएको छ।

विद्यालयमा भएको कार्यक्रममा नृत्य र गाएन गरी दुई विधामा कार्यक्रम भएको क्लबका अध्यक्ष दीपेश आले मगरले जानकारी दिनुभयो ।
नृत्यतर्फ क्रमशः पहिलो,दोस्रो र तेस्रो स्थानमा करुणा गुरुङ,साहिना गुरुङ,केरल गुरुङ रहे भने गायनतर्फ आसिक सुनार,भूमिका सुवेदी र सुसान्त गुरुङले उपाधि जिते ।

कार्यक्रममा निर्णायकको भूमिकामा दबिन गुरुङ र बिनित जोजिजू रहेका थिए भने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्क गुरुङ (भाई) संघका सचिव एब्म गाएक भाष्करध्वज श्रेष्ठकोे सहभागिता रहेको थियो ।

माउन्ट अन्नपूर्ण माविमा पहिलो मास ट्यालेन्ट सोकार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा विद्यायका निर्देशक तेजबहादुर गुरुङले विद्यालयमा गठन गरिएका क्लबहरूले आगामी दिनहरुमा शिक्षा र समाजको क्षेत्रमा काम गदै जाने बताए । विद्यायका प्रार्चाय सहिन्द्रराज श्रेष्ठ,शैक्षिक निर्देशक अशोककुमार शाही,प्रशासक चित्रबहादुर गुरुङ,लेखा प्रमुख नवराज शर्मासहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->