बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा रमेशको उपन्यास ‘अन्तर’को चर्चा

पोखरामा रमेशको उपन्यास ‘अन्तर’को चर्चा


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८०, आइतबार

पोखरा/ रमेश सायनको उपन्यास ‘अन्तर’ को पोखरामा परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो ।

उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महŒवपूर्ण कृति भएको दाबी गरे । सामाजिक विभेद तथा यौनिक अल्पसङ्ख्यकहरूका बारेमा जान्न चाहनेले यो कृति पढ्नैपर्ने उनको जिकिर थियो । ‘सायनले अन्तरमार्फत् यस्तो संवेदनशील विषयलाई छोएका छन्, जसमा केही गलत लेखिँदा विभेदको र अपमानको पीडामा परेका वा पर्छु भनेर डराएकाहरूलाई थप पीडा दिन सक्छ’ उनले भने, ‘तर पूरै उपन्यास पढिसक्दा सायनले पीडा दिएका छैनन्, बरु उनीहरूको सम्मानित जीवन र उनीहरूको अस्तित्वको स्वीकार्यताको लागि आवाज बुलन्द बनाएका छन् ।’

मुद्दा र कला दुवैका दृष्टिकोणले ‘अन्तर’को सम्पूर्ण अन्तरकुन्तर सुन्दर रहेको कार्कीको भनाइ थियो ।

उपन्यासकार सायनले आफ्नै घरमा छोरा र छोरीका बीचमा देखेको विभेदबाट प्रभावित भएर फरक विषयमा कृति लेख्ने प्रेरणा पाएको सुनाए । कतिपय बौद्धिक वर्गका मानिसले नै समङ्गिी हुनुलाई प्राकृतिक कुरा नभई मानसिक समस्याका रूपमा लिने गरेको अनुभव सुनाउँदै उनले यस्तो सोच जटिल समस्या भएको बताए । पाठकहरूले राखेका जिज्ञासाको जबाफ दिँदै उनले सरल शैलीमा फरक लैङ्गिक विशेषता भएको वर्गको कथा लेखेको बताए । उनले यौनिकताका सम्बन्धमा सामाजिक मनोविज्ञान परिवर्तन हुनुपर्नेमा जोड दिए । कृतिका पात्रहरूले बोकेको चरित्रको अवस्था केही मात्रामा परिवर्तन भए पनि अझै पनि लुकिरहनुपरेको आफूले देखेको भन्दै सायनले कृति लेखनका क्रममा यौनिक अल्पसङ्ख्यकसँग प्रशस्त भेटघाट गरेको अनुभव सुनाए । यसअघि भागेर भूगोलभरि (कविता सङ्ग्रह) र छुटेका अनुहार (निबन्ध सङ्ग्रह) प्रकाशन गरिसकेका सायनको तेस्रो कृति ‘अन्तर’ बुक हिल प्रकाशनले केही समयअघि बजारमा ल्याएको थियो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक गनेस पौडेलले ¥यान्डमको मञ्चले लेखकलाई अझै खारिने अवसर प्रदान गर्दै आएको अनुभव सुनाए । फरक यौनिक अल्पसङ्ख्यकका विषयमा लेखिएको भए पनि सबैलाई छुने सामथ्र्य ‘अन्तर’मा आफूले पाएको पौडेलले बताए ।लैङ्गिक अल्पसङ्ख्यक अगुवा रजनी थकालीले आम प्रचलनमा आएका रचना र चलचित्रहरूमा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई हाँसोको पात्र बनाइने गरेकोमा दुःख व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->