बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुस्तक विमोचन तथा स्रष्टा सम्मान

पुस्तक विमोचन तथा स्रष्टा सम्मान


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८०, शुक्रबार

स्याङ्जा/ पुतलीबजार नगरपालिका १ मा स्याङ्जा साहित्य प्रतिष्ठानले लोकसाहित्य विमर्श, पुस्तक विमोचन, श्रष्टा सम्मान गरेको छ ।
कार्यक्रममा स्याङ्जाली साहित्यकार विश्वप्रेम अधिकारीको ‘द्रष्टा दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी’ र चिन्तु गिरीको ‘आमा जन्मेको दिन’ नामक पुस्तकको लोकार्पण गरिएको हो । दुईवटै पुस्तकको समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले लोकापर्ण गरेका हुन् ।

यस्तै स्याङ्जा साहित्य प्रतिष्ठानले साहित्यकार वनमाली निराकरलाई ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०८०’ डा दामोदर पुडासैनी किशोरलाई ‘यानीति साहित्य पुरस्कार’ २०७९, साहित्यकार धनराज गिरीलाई ‘आमा सुमित्रा गिरी साहित्य पुरस्कार’ २०७८ ले सम्मान गरिएको हो ।

तीनैजना स्रष्टालाई १५/१५ हजार नगदसहित दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरिएको थियो । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष शिवकुमार अधिकारीले ‘कालीगण्डकी साहित्य कला पुरस्कार’ २०५३ सालबाटस्याङ्जा साहित्य प्रतिष्ठानले, ‘यानीति साहित्य पुरस्कार’ र ‘आमा सुमित्रा गिरी साहित्य पुरस्कार’ २०७३ सालबाट तुलसी गिरीको परिवारले साहित्यको क्षेत्रमा योगदानको आधारमा बितरण गरिएको बताए ।

कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका सदस्य त्रिभुवन शर्मालाई सम्मान गरिएको थियो । दोस्रो सत्रमा राङखोलामा रहेको लक्ष्मी स्मृति पुस्तकालयले प्राडा गोविन्दराज भट्टराईलाई ‘महाकवि देवकोटा पुरस्कार’ २०८० ले सम्मान गरेको थियो । प्रत्येक बर्ष बितरण गरिने ‘महाकवि देवकोटा पुरस्कार’ले चौथो पटक डा भट्राईलाई २० हजार १०५ रुपियाँ नगदसहित दोसल्ला ओडाएर सम्मान पत्रले सम्मानित गरिएको अधिकारीले बताए । साहित्कि कार्यक्रममा प्रमोद प्रज्ञानी र राजेन्द्र आचार्यले लोकसाहित्यिक छलफल पत्र प्रस्तुत गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->