बागलुङ/ पोखरा-बागलुङ राजमार्ग अन्तरगत पर्ने पर्बतको कुश्मा नगरपालिका वडा नं.७ तमादीखोलामा आएको बाढीले ग १ ज ६२१३ नम्मरको टाटा सुमो जिप सहित तीन जना यात्रु बगाएको छ ।
शनिबार साँझ सात बजेको समयमा आएको भिषण वर्षा सहितको बाढिले यात्रु सहित जिप बगाएको हो । गाडिमा सबार ४ जना मध्ये चालक बसन्तबहादुर थापा लाई जिल्ला प्रहरी कार्यालय पर्बतले नियन्त्रणमा लिएको छ ।
सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका यात्रुहरू बीचैमा अलपत्र परेका छन् । डिएसपि खुमलाल भुसालले सडक खुलाउने कार्य भईरहेको र हराएको सवारी सहित यात्रुहरूको खोजिकार्य भइरहेको बताए । जीप सहित सवार यात्रुहरू झण्डै ५ सय मिटरको दुरीसम्म नभेटिएको प्रहरीले जनाएको छ ।





