बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुत्ने साइत मिलाएकै बेला बढाउ

सुत्ने साइत मिलाएकै बेला बढाउ


  • प्रकाश जिसी
  • असोज १४ २०८०, आइतबार

बढाउ बढाउ अझै कम छ अझै बढाउ
रोजगारी बढाउनु उत्तिकै भो
इन्धनको भाउ मासिक बढाउ, महंगी बढाउ
युवा बिदेसिनका निम्ती अझै नै धेरै बाध्य गराऊ ।

सक्छौ जनतालाइै सक्दो मरून्जेल चुस
अनि तिम्रो भत्ता बढाउ भुडी अझै बडेमाको गराउ ।

निती र नियम यस्ता गराउ, अपराधी सबै छुट्ने गराउ
अनि निरपराधिलाई मज्जाले कुट्ने गराउ ।

अनि देशमा नभै नहुने स्वास्थ्यकर्मी शिक्षक
आन्दोलन गरीगरी भए पनि तिम्रै पार्टीको अघि झुक्ने गराउ ।

अनुदान अझै पनि तिम्रै पार्टीकाले नै चुस्ने गराउ
संसदले कार्यकर्ता पाल्ने गरी
करौडौको बजेट भेडिको छालाझै फुट्ने र लुट्ने गराउ ।

तिम्रा कानूनले खेलाडीलाई सम्मान गर्न रोक्छ
अनि तिम्लाई कर तिरेको कम्पनिलाई नै
सम्मान गर्न बाध्य पार्दै बाँकी उधोग धन्दा सुक्ने गराउ ।

यातायात ब्यबसायीलाई
भाडा बढाउन निरन्तर बाध्य गराउ
यस्सो यात्रा गर्ने उही किचक जनता हामी
साधन चढ्न होइन
रित्तो खुट्टा हिड्न बाँध्य गराउ ।

हाम्रो चुलोमा बालबच्चाले खाना माग्दै आउदा
हामीलाई सन्तानदेखि टाढा कतै
एकान्त बिरानो ठाउमा
कहिल्यै नफर्कने गरी गएर उतै लुक्न बाध्य गराउ ।

हाम्रा सन्तानलाइ शिक्षा दिनु त के सक्थ्यौ र ?
बालुवा सोहोर्ने अनि गिट्टी कुट्ने गराउ
सके खुसुक्कै चोर्ने नभए तिम्लाइ नै लुट्ने गराउ
कानून त तिम्रै हातमा हुन्छ फेरि पनि
अनि भोकोद्वारा भोकोलार्इ नै कुट्ने गराउ ।

सोच्दा हौ तिमी कान भएर पनि नसुन्ने बहिरोले
मलाई बाल भो र तिमी जति कराउने हौ कराऔ
दिउसै बढाएमा आन्दोलन हुन्छ भनेर नै
सुत्ने साइत मिलाएकै बेलामा बढाउ ।

गराउ गराउ तिम्लाई जे मन लाग्छ त्यहि गराउ
गराउ गराउ तिम्लाई जे मन लाग्छ त्यहि गराउ ।

२०८०/०६/१३ गते शनिवार राती ९.३८

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->