बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीभक्तको जन्मभूमिमा काव्ययात्रा

कालीभक्तको जन्मभूमिमा काव्ययात्रा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८०, बुधबार

पर्वत/ लोकसंस्कृतिका अध्येता तथा अनुसन्धानदाता कालीभक्त पन्तको जन्मभूमि पर्वतको फलेवासमा तीन दिवसीय काव्ययात्रा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सांस्कृतिक समिति र नेपाल च्याप्टरको आयोजना एवम् कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयोजनमा ‘पर्वत–फलेवास पर्यटकीय संस्कृति तथा काव्ययात्रा’ कात्तिक १७ गतेदेखि १९ गतेसम्म चलेको हो ।

अनेसास बोष्टन च्याप्टर अध्यक्ष तथा केन्द्रीय साँस्कृतिक समिति संयोजक महेश्वर पन्तको व्यवस्थापनमा सम्पन्न काव्यात्रामा देशभरका ३५ विशिष्ट कवि, कलाकार, गीतकार, संगीतकार र अनुसन्धानदातासहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

सम्मेलनको उद्घाटन गर्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले देशभरका स्रष्टालाई स्थानीय तहमा ल्याएर कार्यक्रम गर्दा त्यस ठाउँ, प्रतिभा र विशेषताको प्रभावकारी प्रचारप्रसार हुने भएकाले यस्ता कार्यक्रम निकै आवश्यक रहेको बताए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महेश्वर पन्तले लामो समयदेखिको फलेवासमा काव्ययात्रा आयोजना गर्ने सपना पूरा भएको बताए ।
सोही समारोह बीच महेश्वर पन्तको उडेका पैताला कविता कृतिको लोकार्पणसमेत प्रमुख अतिथिलगायत अन्य अतिथिबाट लोकार्पण गरियो । कृतिको समीक्षा गर्दै सुरेन्द्र अस्तफलले बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए ।

कार्यक्रमको उद्घाटन सत्रमा अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष डा.रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, पूर्वअध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह ‘बाबा’, फलेवास–६ का अध्यक्ष नवीनकुमार श्रेष्ठ, प्रतिष्ठानका संरक्षक गोविन्द पन्त, साहित्यकार विक्रमभक्त जोशी, सामाजिक अभियन्ता आर.के. अदीप्त गिरीलगायतले मन्तव्य राखेका थिए । यस्तै, लोकगायक विमलराज क्षेत्री, संगीतकार नरहरि प्रेमी र लोकगायिका ऋतु कँडेलको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा विभिन्न कविहरुले आफ्ना रचना सुनाएका थिए ।

कार्यक्रमको तेस्रो सांस्कृतिक सत्रमा स्थानीय आमा समूहका पदाधिकारी र काव्ययात्रामा सहभागी कलाकार, संगीतकार बीच मध्यरातसम्म घम्साघम्सी दोहोरीसमेत चलेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->