सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

शक्ति बढाउन एमालेको मध्यपहाडी विशेष अभियान

शक्ति बढाउन एमालेको मध्यपहाडी विशेष अभियान


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८०, बिहिबार

काठमाडौं / नेकपा (एमाले)ले मध्यपहाडी लोकमार्गमा तीन साता लामो विशेष अभियान सञ्चालन गर्ने भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले मंसीर १४ बाट तीन साता लामो अभियान थालनी गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले मध्यपहाडी क्षेत्रको विकासका विषयमा छलफल गर्न यो अभियान सञ्चालन गर्न लागिएको बताए।

अभियानको शुरूआत मंसीर १४ गते बिहान साढे ८ बजे पश्चिमी नाका झुलाघाटमा गरिने भएको छ। तीन साता लामो अभियान पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिने ज्ञवालीले बताए।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्षमा प्रवेश गर्दा पुष्पलाल श्रेष्ठसँग जोडिएको मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गर्ने तय गरिएको उनको भनाइ थियो। ज्ञवालीले भने, “परिवर्तनका लागि लडेकाहरू हामी यहीं जनताको साथमा छौं भन्ने सन्देश हामीले दिनेछौं।”

यस सम्बन्धी थप निर्णय गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटी बैठक मंसीर ६ गते काठमाडौंमा बोलाइएको ज्ञवालीले बताए।

त्यस्तै, एमाले सचिवालयले बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा स्वयंसेवा अभियान चलाउन भएको छ। मंसीर १ गतेदेखि स्वयंसेवक अभियान चलाउने निर्णय गरेको छ।

वैठकले जिल्ला अधिवेशन गर्ने समय अवधि वढाएको छ । अव जिल्ला अधिवेशन गरीसक्ने समय जेठ मसान्तसम्मलाई बढाइएको उपमहासचिव ज्ञवालीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->