सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

भूकम्प पिडितको नाममा राहत संकलन गरे कारवाही

भूकम्प पिडितको नाममा राहत संकलन गरे कारवाही


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८०, बिहिबार

पोखरा/जिल्ला प्रशासन कार्यालय कास्कीले भुकम्प पिडितको नाममा व्यक्ति वा संस्थाले राहत संकलन गरेमा कारवाही गर्ने भएको छ ।

आज विज्ञप्ति जारी गर्दै कुनै पनि संघ वा व्यक्तिले नगद वा अन्य सामग्री संकलन गरेमा कारवाही गर्ने भएको हो । प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार भूकम्प प्रभावितहरुलाई सहयोग गर्न चाहेमा प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न समेत अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पको यस दुखद् घडीमा भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने, राहत वितरण गर्ने नाममा कास्की जिल्लामा व्यत्तिगत वा संस्थागत रुपमा कोही सकैले पनि नगद/वस्तुगत/ जिन्सी सामाग्री संकलन नगर्न नगराउनुहुन अनुरोध छ । यस सूचनाको अवज्ञा हुने गरी कुनैपनि गतिविधिहरु गरे गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सुचित गरिन्छ ।’

सम्बन्धित समाचार-https://dhorpatannews.com/2023/11/104024/

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->