सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कास्की प्रहरीको टार्गेटमा विस्फोटकजन्य वस्तु ‘पट्का’

कास्की प्रहरीको टार्गेटमा विस्फोटकजन्य वस्तु ‘पट्का’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८०, शनिबार

पोखरा /पोखरा नेपालीहरुको महान पर्व तिहारको सुरक्षा लक्षित गर्दै कास्की प्रहरीले विस्फोटकजन्य वस्तु बरामद गरिरहेको छ । तिहारको समयमा समाजमा कोलाह मच्याउने आतिसवाजी, पटका लगायतका विस्फोटक जन्य वस्तु पड्काउन थालेपछि प्रहरीले अभियान थालेको छ ।

कास्की प्रहरीले विभिन्न स्थानमा विक्रि वितरण तथा पड्काउन लागेको अवस्थामा ठूलो मात्रामा विस्फोटकजन्य पदार्थ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले चाडपर्व विशेष सुरक्षा योजना अन्तरगत विस्फोटकजन्य वस्तुमा निगरानी राख्दै विक्रि वितरणमा रोक लगाउन अभियान नै थालेको बताए ।

‘हामीले सबै एकै ठाउँबाट बरामद गरेका छैनौं थोरै थोरै गरेर बरामद गरेका हौं । हामीले नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छाडेका छौं । थोरै थोरै मात्रामा हुनेभएपछि पक्राउ गरेर पनि साध्य नहुने’ उनले भने, ‘ठुलो परिमाणको जस्तो गोदामै संचालन गरेको चाँहि भेटिएको छैन । त्यस्तो भेटेमा हामी कानुनी कारवाहि गर्छौ । तर बजारमा प्रयोग भइराखेको चाँहि थोरै परिमाणमा मात्रै भेटिएको छ ।’

उनका अनुसार बोर्डर क्षेत्रबाट थोरै थोरै मात्रामा ल्याई विक्रि वितरण गरिरहेको छ । प्रमुख थापाका अनुसार त्यसरी विस्फोटकजन्य पदार्थ प्रयोग गर्ने ५० भन्दा बढी व्यक्तिलाई सम्झाई बुझाई छाडिएको छ ।

‘विस्फोटक पदार्थ सम्बन्धी कसुरमा हामी अघि बढ्ने हो त्यसका लागि बरामदको मात्रा हेरिन्छ । अहिले बरामद भएका पट्का सामान्य विस्फोटकअन्तरगत पर्छ । विस्फोटक पदार्थका पनि आफ्नै समुहहरु छन् । विभिन्न प्रकारहरुमा यो सामान्यमा छन् कतिपय त विस्फोटकमा पनि नपर्न सक्छ । यहाँ भएका परीक्षण नगरी कुन क्याटोगोरीको हो भन्न यसै सकिन्न तर यी सामान्यअन्तरगतमै पर्ने चाँहि हुन्’ एसपी थापाले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->