सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

भूकम्प पीडित गर्भवती महिलाले त्रिपालभित्रै जन्माइन् बच्चा

भूकम्प पीडित गर्भवती महिलाले त्रिपालभित्रै जन्माइन् बच्चा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८०, आइतबार

जाजरकोट / जाजरकोटमा भूकम्प पीडितले त्रिपालभित्र बच्चा जन्माएकी छन्। भूकम्पले घर भत्किएपछि त्रिपालमै रहेकी गर्भवती महिलाले स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएकी हुन्।

जिल्लाको कुशे गाँउपालिका- ७ धनराशीकी निरुता टमटाले बच्चा जन्माएकी स्थानीय नवराज पुनले बताए। घाइतेको उपचारका लागि त्यहाँ पुगेका स्वास्थ्यकर्मीको सहयोगमा टमटाले बच्चा जन्माएकी उनले बताए।

अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको छ। पोषिलो खानेकुरा र न्यानो कपडाको अभावमा त्रिपालमा बसिरहेका भूकम्प पीडित गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->