पोखरा / पोखरामा छोराले बुबाको हत्या गरेका छन । मंगलबार पोखरा महानगरपालिका १७ विरौटा गोधुली संसार पथमा २२ वर्षीय रविन क्षेत्रीले आफ्नै बुबा ५२ वर्षका रामु क्षेत्रीको हत्या गरेका हुन ।
रविनले खुर्पा प्रहार गरेका थिए । गम्भीर घाइते रामुको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवन कुमार बिकले जानकारी दिए ।
फरार रविनलाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको हो । प्रहरीले पाल्पाको प्रभासमा ग २० प ६०४७ नम्बरको मो।सा। सहित उनलाई नियन्त्रण लिई कास्कीमा ल्याई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।





