बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आफ्नो अधिकारको लागि…

आफ्नो अधिकारको लागि…


  • गोबिन्द राज ओझा 'राजन'
  • मंसिर २ २०८०, शनिबार

सारा नेपालीले आफ्नो अधिकारको लागि काँधमा काँध मिलाउनुपर्छ
किन बस्छौ चुप लागेर जित पक्का हाम्रो हुन्छ ।

नेपाल माताको विश्वासलाई पुरा गर्नुपर्छ
गरिबी अन्त्य गरी देशलाई समृद्ध बनाउनुपर्छ ।
भूमिहिनहरूको बारेमा सरकारले योजना ल्याउनुपर्छ
यो देश सबै नेपालीको हो मनमा लिनुपर्छ ।

अत्याचार, मनमानी विरुद्ध आवाज उठाउनुपर्छ
देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन जरुरी छ ।
नेपाल मातालाई सबैले सम्झनु पर्छ
विश्वको नजरमा नेपालको इज्जतलाई शिखरमा पूर्याउनुपर्छ ।

विर पुर्खाहरूको ईतिहासको कथा सबैलाई थाहा हुनुपर्छ
नेपाल माताको विश्वासलाई पुरा गर्नुपर्छ ।
सारा नेपालीले आफ्नो अधिकारको लागि काधमा काध मिलाउनुपर्छ
किन बस्छौ चुप लागेर जित पक्का हाम्रो हुन्छ ।

दिपायल सिलगढी-२, डोटी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->