आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

भूकम्प पीडितका घर टहरा निर्माण गर्न एमालेले पठायो ११ सय स्वयंसेवक

भूकम्प पीडितका घर टहरा निर्माण गर्न एमालेले पठायो ११ सय स्वयंसेवक


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८०, शनिबार

काठमाडौं / जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनर्स्थापनाको कामका लागि नेकपा एमालेले स्वयंसेवक परिचालन गरेको छ ।

भूकम्प प्रभावित क्षेत्र जाने एमालेका स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामाग्रीसहित शनिवार पार्टी कार्यालय च्यासलबाट बिदाइ गरे । टोलीले स्थलगत अध्ययन गरेर स्थानीय पार्टी, पीडित र प्रशासनसँग समन्वय गरी काम सुरु गर्ने तयारी गरेको एमालेले जनाएको छ  ।

केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले रुकुम पश्चिम र जाजरकोटका सबै स्थानमा ११ सय स्वयंसेवकले दुई हप्ता काम गर्ने जानकारी दिए ।

पार्टीका विभिन्न जनसंगठन र मातहतका कमिटीहरूका स्वयंसेवकहरु ४० समूहमा बाँडिएर श्रमदानमा खटिने उनले बताए । उनले भत्किएका भग्नावेश हटाउने, मरेगलेका चौपाया हटाउने र पुन निर्माणको काम नहुन्जेलसम्म अस्थायी टहरा निर्माण गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->