आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

को हुन् बीबीसीको प्रेरणादायी महिलामा परेकी नेपालकी रुक्शना कपाली

को हुन् बीबीसीको प्रेरणादायी महिलामा परेकी नेपालकी रुक्शना कपाली

एलएलबी तेस्रो वर्षमा अध्ययनरत उनी नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई कानूनी तथा संवैधानिक अधिकार दिलाउन संघर्षरत छिन्।


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८०, मंगलबार
रुक्शना कपाली। तस्वीर: बीबीसी

पोखरा / अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले प्रकाशित गरेको संसारभरका प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छन्।

बीबीसीले हरेक वर्ष संसारभरका प्रेरणादायी एवं प्रभावशाली सय महिलाको सूची प्रकाशन गर्दै आएको छ। सन् २०२३ मा संसारभरका प्रेरणादायी एवं प्रभावशाली सय महिलाको सूचीमा नेपालकी कपाली ‘हाउजिङ क्याम्पेनर’ अन्तर्गत सूचीमा परेकी हुन्।

उनी यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा क्रियाशील छन्। बीबीसीले मंगलबार जारी गरेको सूचीमा कपालीले यौनिक तथा लैंगिकताका विषयमा आफैं सिक्दै आएको उल्लेख छ।

अहिले एलएलबी तेस्रो वर्षमा अध्ययनरत उनी नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई कानूनी तथा संवैधानिक अधिकार दिलाउन संघर्षरत छिन्।

बीबीसीको सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकूद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामा संसारभरका महिला समेटिएका छन्।

यसमा अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामा, मानव अधिकारकर्मी अमाल क्लूनी, हलिउड स्टार अमेरिका फेरेरा र बलिउड अभिनेत्री दिया मिर्जा लगायत छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->