पोखरा / पोखराको नागढुङ्गास्थित एक होटलमा महिलाको रहस्यमयी मृत्यु भएको छ । रेस्टुरेन्टमा काम गर्ने सुकु विकको सोही रेस्टुरेन्ट नजिकै रहेको युनिक होटलमा मृत्यु भएको हो ।
तनहुँको भिमाद घर भएकी सुकु विकले मंगलबार उक्त होटलमा रुम बुक गरेकी थिइन् । बुक गरेको होटलमा रहेकी उनलाई होटल संचालकले अचेत अवस्थामा देखेपछि नजिकैको चरक मेमोरियल अस्पताल लगेको थियो ।
उपचारका लागि लगेपनि अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ । घटना शंकास्पद रहेकाले प्रहरीले पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।





