काठमाडौं / मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार विहान १:१९ बजे मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पविद् लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ आसापास ४.५ रेक्टरस्केलको भूकम्प गएको हो। जसको गहिराई ३७ किलोमिटर रहेको बताइएको छ।
यसअघि कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्पन गएको थियो।





