आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

काठमाडौंमा उच्च सुरक्षा सतर्कता, अत्यावश्यक काममा मात्र निस्कन ट्राफिक प्रहरीको आग्रह

काठमाडौंमा उच्च सुरक्षा सतर्कता, अत्यावश्यक काममा मात्र निस्कन ट्राफिक प्रहरीको आग्रह


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८०, बिहिबार

काठमाडौं / नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

यसैविच, ट्राफिक प्रहरीले आज काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको हो ।

काठमाडौंमा आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । सोही कारण काठमाडौं उपत्यकामा सवारी आवगमनमा असहज हुन सक्ने सूचनामा उल्लेख छ ।

‘…अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन हुन र सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ । ट्राफिक प्रहरीले आज सवारीसाधन जुनसुकै ठाउँबाट ‘डाइभर्ट’ गर्न सक्ने भन्दै सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->