आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखरा २४ का वडा अध्यक्षलाई साढे चार महिना कैद, ७५ हजार जरिवाना

पोखरा २४ का वडा अध्यक्षलाई साढे चार महिना कैद, ७५ हजार जरिवाना


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८०, बिहिबार

पोखरा / जातीय दुव्र्यवहार तथा छुवाछुतको आरोप लागी धरौटीमा छुटेका पोखरा महानगरपालिका २४ का वडाअध्यक्ष भरत बहादुर अधिकारीलाई साढे चार महिना कैद तथा ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

जिल्ला अदालत कास्कीको इजलाश ५ मा न्यायाधीश अवनी मैनाली भट्टराईले उनलाई अभियोग दावी पुग्ने भन्दै तीन महिना कैद र ५० हजार जरिवाना सँगै सावैजानिक पद धारण गरेको व्यक्तिबाटै जातीय विभेद गरेका कारण थप ५० प्रतिशत कारवाहिको फैसला गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । यस्तै वडाअध्यक्षले पिडित जाहेरीवालालाई दश हजार रुपैयाँ क्षतीपुर्ती समेत दिनुपर्ने फैसला भएको उनले बताए ।

वडा अध्यक्ष भरत बहादुर अधिकारीले आफ्नै वडा सदस्य मैया नेपालीमाथि जातीय विभेद गरेका थिए । यसअघि जिल्ला जिल्ला अदालतका न्यायाधिश ऋषिराज आचार्यको एकल इजलासले १ लाख ५० हजारमा रुपैयाँमा अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पोखरा वडा नम्बर २४ का वडा सदस्य नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->