
पोखरा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जना सहसचिवको सरुवा गर्दा गण्डकीका विभिन्न मन्त्रालयका सचिवहरु हेरफेर भएका छन् ।
जसअनुसार गण्डकी प्रदेशमातहत रहेका विनोदबहादुर कुँवर स्वास्थ्य मन्त्रालय पुगेका छन् भने गण्डकी प्रदेश योजना आयोगमा रहेका ऋषिराम तिवारी गण्डकीकै लोकसेवा आयोगमा सरुवा भएका छन् ।
बागमती प्रदेशमा रहेका तीर्थराज भट्टराईलाई गण्डकी प्रदेशमा पठाइएको छ । रक्षा मन्त्रालयमा रहेका सहसचिव प्रकाश पौडेल पनि गण्डकी प्रदेश आइपुगेका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमा रहेका बद्रीनाथ अधिकारी प्रदेशकै योजना आयोग, प्रदेश प्रमुखको कार्यालयमा रहेका अणप्रसाद न्यौपाने शिक्षा मन्त्रालयमा सरुवा भएका छन् ।
कृषि मन्त्रालयमा रहेकी प्रेरणा सेढाइँ गण्डकीको कृषि तथा मत्स्य विकास निर्देशानलय, वन तथा वातावरण मन्त्रालयका रामचन्द्र कँडेल गण्डकीको उद्योग मन्त्रालय र गण्डकीको उद्योग मन्त्रालयमा रहेका विशाल घिमिरे कोशीको पर्यटन मन्त्रालयमा पुगेका छन् ।
संघीय सरकारले छोटो समयमा नै पटक-पटक गर्ने सरुवाले प्रदेश मन्त्रालयका कामहरु प्रभावित हुने गरेका छन् ।





