किशोरी घरमा नआएपछि खोजी गर्ने क्रममा कात्तिक १७ गते बिहान उनको शव भेटिएको थियो ।
मनिषाको बलात्कारपछि हत्या गरेको आरोपमा खाँलाई प्रहरीले कात्तिक १७ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
किशोरीको आमाका अनुसार मनिषा खेतमा धान झाट्दै दाईं लगाउने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन् ।
कारागार चलान भएका खाँ पाँच महिनादेखि शिक्षण पेसाका लागि चन्द्रकोटको शान्तिपुरमा बस्दै आएको प्रहरीले जनाएको छ ।





