पोखरा / पोखरा महानगरपालिका-२१ निर्मलपोखरीमा कौडा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती करिब साढे १ बजेको समयमा प्रहरीले १६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडासमेत बरामद गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दा चलाई थप अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा पोखरा-३३ भरतपोखरीका ३८ वर्षीय सन्तोष गुरुङ, ४६ वर्षीय राम के.सी., पोखरा ६ बस्ने वर्ष ३६ का संजिव अधिकारी, वर्ष ४० का राम ढकाल, वर्ष ६४ का बिर बहादुर लामिछाने, वर्ष ४० का मोहन बहादुर गुरुङ छन् । यस्तै पोखरा १७ विरोटाका वर्ष ४० का प्रकाश पोख्रेल, वर्ष ४६ को कृष्ण प्रसाद भण्डारी, वर्ष ३० का कुमार भण्डरी, बर्ष ३८ का गौतम गुरुङ, पोखरा २१ कृस्ती बस्ने वर्ष ४८ का होम बहादुर रानाभाट, वर्ष ४० का टंक बहादुर कार्की, बर्ष २३ का अनिष श्रेष्ठ, पोखरा १० अम्मरसिंह बस्ने वर्ष ६३ का मिन बहादुर बरुवाल, पोखरा ३३ गैरागाउका वर्ष ३३ का रामचन्द्र आचार्य र वर्ष ४० का जिवन शाही रहेका छन् ।





