आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बैतडी पुगेर अध्यक्ष ओलीले भने, ‘नेपालको सिमाना कुलो हैन महाकाली नदी हो’

बैतडी पुगेर अध्यक्ष ओलीले भने, ‘नेपालको सिमाना कुलो हैन महाकाली नदी हो’


  • तारानाथ आचार्य
  • मंसिर १३ २०८०, बुधबार

बैतडी / नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेपालको पश्चिम सिमाना कसैले बनाएको कुलो नभई महाकाली नदी भएको बताएका छन् । नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले विहिवारदेखी सुरु गर्न लागेको बैतडी झुलाघाट देखी पाँचथरको चिवा भञ्याङसम्मको सङ्कल्प यात्राको पुर्व सन्ध्यामा बुधवार बैतडीको पाटनमा आयोजना गरिएको स्वागत कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले भने, ‘नेपालको सिमाना कुलो हैन महाकाली नदी हो ।’

उनले पुष्पलाल लोकमार्गमा हुने यो संकल्प यात्राले देश समृध्द हुन्छ भन्ने विश्वास दिलाउने बताए । यो यात्राले समृद्ध नेपालका थप सम्भावनाको खोजी गरी त्यसलाई एमालेले साकार पार्ने बताए । अहिले देशको हरेक क्षेत्रको अवस्था वर्तमान सरकारले नाजुक बनाएको जसले गर्दा देश विकासमा नेपाल पछि परेको अध्यक्ष ओलीको भनाई थियो ।

स्वागत कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश र समाजको हितमा कार्य गर्नुहुने २५७ जनालाई अध्यक्ष ओलीले सम्मान गरे । एमालेले भोली नेपाल भारतको पश्चिमी सिमा बैतडीको झुलाघाट स्थित महाकाली नदी देखि समृध्दिका लागि संकल्प यात्रा सुरु गर्दैछ ।

यो यात्राको नेत्तृत्व एमाले अध्यक्ष ओली आफैले गर्दैछन । यात्रा बैतडीको झुलाघाट देखि पुष्पलाल मध्यपहाडी लोकमार्गमा हुनेछ । तीन साता लामो यात्रा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->