आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

रास्वपा अव सामाजिक न्यायसहितको ‘बहुलवादी लोकतान्त्रिक पार्टी’

रास्वपा अव सामाजिक न्यायसहितको ‘बहुलवादी लोकतान्त्रिक पार्टी’

स्वर्णिम वाग्ले बने उपसभापति, सहमहामन्त्रीमा सुमना र कोषाध्यक्षमा लिमा अधिकारी


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८०, बुधबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरेको छ। प्रस्तावनामा रास्वपा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको उल्लेख गरिएको छ।

यसैगरी, पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली पनि प्रस्तावनामा समेटिएको छ। पार्टीले नेपालको सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्वलाई आत्मसात् गरेको पनि उल्लेख गरिएको छ।

महोत्तरीको जलेश्वरमा बसेको नीति तथा विचार कार्यदलको बैठकमार्फत प्रस्तावना पारित गरेको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।

हेर्नुहोस् प्रस्तावना :

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लीमा अधिकारी

यसैविच रास्वपाले प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ। रवि लामिछाने सभापति रहेको रास्वपामा डीपी अर्याल उपसभापति रहेका थिए। विधानअनुसार थप एक जना उपसभापति चयन गरिएको हो।

सहमहामन्त्रीमा कबिन्द्र बर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई नियुक्त गरिएको छ। महामन्त्री भने यसअघि नै डा. मुकुल ढकाल रहेका थिए। संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ रहेका छन् भने संसदील दलको नेतामा सभापति लामिछाने र प्रमुख सचेतक सन्तोष परियार रहेका छन्।

कोषाध्यक्षमा लिमा अधिकारी, सहकोषाध्यक्षमा बसु माया तामाङ र दीपक बोहोरालाई नियुक्त गरिएको छ। सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई नियुक्त गरिएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->