बैतडी / नेकपा एमालेले आजबाट मध्यपहाडमा आर्थिक सामाजिक विकास र रुपान्तरणका पक्षमा लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछ ।
वैतडीको झुलाघाटबाट अहिले बिहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले यो अभियानको उदघाट्न गर्दैछन । अभियानमा सहभागी हुन अध्यक्ष ओली सहितका नेताहरु बुधवार नै बैतडी आईपुगेका छन ।
एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका २६ वटा जिल्लामा तीन हप्ते लङ मार्चपास अभियान गर्न लागेको हो ।

पहाडी क्षेत्रको विकास र समृद्धिका नयाँ आयामहरु पत्ता लगाउन, यस क्षेत्रका समस्याहरुका बारेमा स्थानीयबासीहरुसँग छलफल गर्न अभियान आयोजना गर्न लागिएको हो ।
पार्टीको मंसिर ६ गते बसेको केन्द्रिय कमिटीको बैठकले यो अभियानका कार्ययोजना पारित गरेको हो ।
झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिइएको यो यात्रा आगामी पुष २ गते समापन गरिने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र जानकारी दिए ।





