आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

एमालेको समृद्धिका लागि संकल्प यात्रा: यस्तो छ झुलाघाटको तयारी (तस्वीरसहित)

एमालेको समृद्धिका लागि संकल्प यात्रा: यस्तो छ झुलाघाटको तयारी (तस्वीरसहित)


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८०, बिहिबार

पोखरा / नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानको अहिले केही बेरमा सुरु हुँदैछ । बैतडीको झुलाघाटमा ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानका लागि विशेष तयारी गरिएको छ । नेकपा एमालेका नेताहरु त्यहाँ पुग्ने क्रम जारी रहेको छ ।

अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् । अभियानका लागि एमालेका शीर्ष नेता, भ्रात‌ृ संगठनका प्रमुख तथा पदाधिकारी सबै बैतडीमा छन् ।

ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता-कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->