आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अध्यक्ष ओलीले झन्डोत्तोलन गरेर सुरु गरे ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’

अध्यक्ष ओलीले झन्डोत्तोलन गरेर सुरु गरे ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’

'संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्छ'


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८०, बिहिबार

बैतडी / नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर सुरु भएको छ । अध्यक्ष ओलीले झन्डोत्तोलन गरेर  ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको शुभारम्भ रगरेका हुन् ।

बैतडीको झुलाघाटबाट अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका छन् । ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता-कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ ।

झुलाघाटमा‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को उद्घाटनको गर्दै ओलीले संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्ने बताए । उनले सकरात्मक परिवर्तनका लागि एमालेले मात्रै नेतृत्व गर्न सक्ने धारणा राखे ।

‘अहिलेको सरकारीको अकर्मण्यता, अहिले देशको ओरालो लागेको अर्थतन्त्री र राजनीतिक अस्थिरता हटाउन यो अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।’  उनले भने, ‘देशमा भएको राजनीतिक बेथिति, अस्थिरता हटाउन र राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्न संकल्प यात्राको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्छु।’ पूर्वप्रधानमन्त्री ओलीले यात्रामा जनताको साथ र उत्साह रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा महासचिव शंकर पोख्रेलले मध्यपहाडि लोकमार्गका जनतासँग साक्षात्कार गर्ने उल्लेख गरे। उनले नेपालको मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एमाले लागि पर्ने बताए। उनले भने, ‘मध्यपहाडि क्षेत्रको एमालेले अध्ययन गर्ने छ। समृद्धि र विकासको खाँका तयार बनाउनेछ।’

‘यो संवादको यात्रा हो। अध्ययनको यात्रा हो। संकल्पको यात्रा हो। समृद्ध नेपाल सुखी, नेपाली बनाइछाड्ने नेपाली जनताको आकांक्षा, जसलाई एमालेले आफ्नो  उद्देश्य र गन्तव्य बनाएको छ’, उनले भने, ‘त्यसलाई सफल पार्न नेपालको मध्यपहाडी भूभागमा विकासका सम्भावना कस्ता छन्? कुन ठाउँमा कसरी विकास  हुनसक्छ भन्ने अध्ययन गर्न जनतासँग सघन संवाद गर्नेछौँ।

जनताले भोगिरहेका समस्या बुझ्दै अहिलेको परिस्थितिबाट देशलाई बदलेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गरिछाड्ने नयाँ संकल्प अभियानले अघि बढाउने अध्यक्ष ओलीको दाबी छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->