आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कांग्रेस गण्डकी प्रदेश सम्मेलन पुस ३ र ४ मा पोखरा हुँदै

कांग्रेस गण्डकी प्रदेश सम्मेलन पुस ३ र ४ मा पोखरा हुँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८०, शुक्रबार
नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा । तस्वीरः ढोरपाटन

पोखरा / नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति कार्यसम्पदान समितिको बैठक विभिन्न निर्णयसहित सम्पन्न भएको छ । पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले यही पुस ३ र ४ गते नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन गर्नका लागि केन्द्रीय सभापतिको समय व्यवस्थापन गरी मिति तय गर्ने निर्णय लिएको छ ।

कार्यक्रम सम्पन्न गर्न बैठकले महामन्त्री किरणबाबुु श्रेष्ठको संयोजकत्वमा संगठन प्रतिवेदन तयार समिति, महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार समिति, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक परिचालन समिति, सहमहामन्त्री कोपिला रानाभाटको संयोजकत्वमा स्वागत तथा सत्कार समिति गठन गर्ने निर्णय गरेको छ । त्यसअघि मंसिर मसान्तसम्म जिल्लाहरूको भेला सम्पन्न गरी प्रतिवेदन प्रदेशमा पठाउने निर्णय गरिएको प्रवक्ता माधवप्रसाद वास्तोला (मधु) ले जनाए ।

त्यस्तै, अन्य समितिहरूमा सदस्य सीता गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र सदस्य अजित क्षेत्रीको संयोजकत्वमा आवाश समिति गठन गर्ने निर्णय गरिएको छ ।
बैठकमा प्रदेश सभापति शुक्रराज शर्माले विभिन्न विभागमा गरिएको मनोनयन सम्बन्धमा जानकारी गराएका थिए ।

जस अनुसार विभागका संयोजकहरूमा संगठन विभागमा हरी बराल, प्रदेश कानून तथा संसदीय मामिला विभागमा लक्ष्मी आचार्य, प्रदेश तथा स्थानीय निकाय विभागमा पुर्ण वहादुर दाहाल, भातृ संघ समन्वय विभागमा अजित क्षेत्री, शुभेच्छुक संस्था समन्वय विभागमा पुष्पा भट्टचन, पेशागत तथा वुद्धिजीवी विभागमा श्याम भण्डारी र भाषा, साहित्य, कला तथा संस्कृति विभागमा ईन्द्र पौडेल रहेका छन् ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि विभागमा शोभा अधिकारी, स्वास्थ्य विभागमा सीता काफ्ले लामिछाने, गैरसरकारी संस्था एवं सामाजिक सेवा विभागमा रविकला खनाल, अभिलेख अनुगमन तथा मूल्याङ्कन विभागमा पार्वती आचार्य, उद्योग, व्यापार, वाणिज्य तथा आपूर्ति विभागमा सरिता गुरुङ, भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा विरेन्द्रप्रसाद मण्डल, कृषि तथा भूमिसुधार विभागमा द्रोण बन सन्यासी, यूवा तथा खेलकूद विभागमा अनोद श्रेष्ठ, जल, उर्जा तथा प्राकृतिक स्रोत विभागमा हरिदत्त पौडेल, शान्ति सुरक्षा तथा प्रशासन सेवा विभागमा जीत बहादुर नेपाली, ट्रेड यूनियन तथा श्रमिक विभागमा शकुन्तला शर्मा, वैदेशिक रोजगार समन्वय विभागमा प्रकाश दवाडी, द्वन्द व्यवस्थापन विभागमा चिन्ताबहादुर घले, अन्य पार्टी सम्पर्क विभागमा मायादेवी रानासहकारी विभागमा सीता गुरुङ, प्रशिक्षण प्रतिष्ठान विभागमा कल्पना तिवारी, सूचना, सञ्चार तथा प्रचार प्रसार विभागमा रमेश पौडेल रहेका छन् ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कार्यसमिति सदस्य एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी लगायतको उपस्थिति रहेकोप्रचार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->