आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

औषधि व्यवसायी संघको अध्यक्षमा पौडेल

औषधि व्यवसायी संघको अध्यक्षमा पौडेल


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८०, शनिबार

बागलुङ/औषधि व्यवसायी संघ बागलुङको दोश्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेसनले खगेश्वर पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद सापकोटा छन् । समितिको उपाध्यक्षमा थोक तर्फ शिसिर पौडेल र खुद्रा तर्फ चन्द्र रेग्मी चयन भएका छन् । महासचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नारायण गौतम र सचिवमा दिनेश जिसी छन् । उपकोषाध्यक्षमा निर्मला पौडेल, सदस्यमा बाबुराम केसी, इश्वरी गौतम उपाध्याय र दिपेन्द्र पुन चयन भएका हुन् । अधिवेसनको उद्घाटन केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले गरेका थिए । जिल्लाभर ७४ औषधि व्यवसायी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->