आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मयूर बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा

मयूर बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८०, आइतबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थित मयूर बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लेखा परिक्षण तथा बार्षिक प्रतिवेदन र भावि नीति तथा कार्यक्रमलाई पारित गर्दै शनिबार सहकारीको दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका सहकारी समितिका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले सहकारीमा सुशासन नभएका कारण अस्थिरता पैदा भएको बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा नकरात्मकता सिर्जना भएपनि यसको समाधान हुने उनको भनाई थियो । सुशासन र व्यवस्थापन पक्ष बलियो बनाएमा सहकारी सफल हुने उनले बताए । सहकारीलाई नियमित चेकजाँज र अनुगमन आवश्यक रहेको उनको भनाई थियो ।

सहकारीका अध्यक्ष मिनराज खड्काले कास्की जिल्लाकै उत्कृष्ट सहकारी बनाउने योजनाका साथ अगाडी बढिएको बताए । शेयर सदस्यको विश्वासलाई आत्मसाथ गर्दै सहकारीलाई पारदर्शीरुपमा लगिएको उनले जानकारी दिए । अध्यक्ष खड्काले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र सहकारीको भावि कार्यक्रम तथा योजना समेत प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रमा मानसा सहकारीका अध्यक्ष गोविन्द देवकोटा, नेशनल लाइफ इन्स्युरेन्स लेखनाथ शाखाका प्रमुख छविलाल पौडेल, प्राइम कमर्सियल बैंक स्याङ्जा शाखाका प्रमुख शालिकराम लामिछाने, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, शेयर सदस्य कपिल पौडेललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समितिकी उपाध्यक्ष सरस्वती पौडेलले राखेकी थिइन् भने सञ्चालन सहकारीका व्यवस्थापक दिपेन्द्र पौडेलले गरेका थिए । सहकारीका सात सिद्धान्तको वाचन सचिव सुनिल पराजुलीले गराएका थिए ।

सहकारीमा हाल १८२ जना शेयर सदस्य छन् । हाल सहकारीको चुक्ता पुजी ८२ लाख ८८ हजार छभने कर्जा लगानीमा २ करोड ७ लाख ४१ हजार ६८० रहेको सहकारीले जनाएको छ । त्यस्तै सहकारीको निक्षेप तर्फ १ करोड, ५५ लाख ४१ हजार ११० रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->