आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अध्यक्ष तिमिल्सिनाको पनि कार्यकाल सकिँदै, गठबन्धनकै मतभार अगाडि

अध्यक्ष तिमिल्सिनाको पनि कार्यकाल सकिँदै, गठबन्धनकै मतभार अगाडि


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८०, सोमबार

पोखरा/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट तीन जना सदस्य निर्वाचित हुनेछन । कारण, राष्ट्रियसभाको पहिलो निर्वाचनमा ६ वर्षको चिट्टा परेका तीनजना सदस्यको पद यही वर्ष सकिँदैछ ।

कार्यकाल सकिनेमा स्वयं राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि छन । २०७४ को निर्वाचनमा एमालेबाट राष्ट्रिय सदस्य बनेका तिमिल्सिना सहित एमालेकै दीपा गुरुङ र कांग्रेसका प्रकाश पन्थको कार्यकाल सकिँदैछ ।

पहिलोपटक एकल संक्रमणीय मत प्रणालीबाट निर्वाचन भएतापनि त्यसपछिका निर्वाचन भने बहुमतको आधारमा नै हुने गरेका छन ।
आसन्न निर्वाचनमा पनि अहिलेकै गठबन्धनबाट उम्मेदवार बन्ने सम्भावना छ । यही गठबन्धन निर्वाचनमा होमिँदा जीतको लागि आवश्यक मतभार सुरक्षित छ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार पुस २० गते सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने जनाइएको छ । प्रकाशित मतदाता नामावलीमाथि दाबी विरोधलगायत कार्य सोही दिनबाट प्रारम्भ भइ पुस २२ गते सम्पन्न हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उम्मेदवारको मनोनयन दर्ता पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । मनोनयन दर्तापश्चात् उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ ।

मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन अपराह्न २ बजे सम्पन्न हुनेछ । यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

गण्डकीमा एमालेको मतभार गठबन्धनको भन्दा कम छ । यहाँ गठबन्धनको ३ हजार ७७० र एमालेको २ हजार ४५८ मतभार छ। एमाले र गठबन्धनबाहेकको मतभार १८२ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->