आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सुर्खेतबाट अध्यक्ष ओलीको गर्जन: ‘आगामी चुनावमा एमालेले एकल बहुमत नल्याए देश बर्बाद हुन्छ’

सुर्खेतबाट अध्यक्ष ओलीको गर्जन: ‘आगामी चुनावमा एमालेले एकल बहुमत नल्याए देश बर्बाद हुन्छ’


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८०, सोमबार

सुर्खेत र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत नआए देश बर्बाद हुने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले देशको अस्तित्व रक्षाका लागि प्रत्येक वडा तहकै निर्वाचनमा एमालेले ५१ प्रतिशत ल्याउनुपर्ने बताए ।

उनले भने, ‘एमालेले बहुमत ल्याएन भने देश वर्वाद हुन्छ, अस्तित्व जोगाउन गाह्रो हुन्छ । हामीले देशको अस्तित्व, स्वाभीमान र समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि एमालेको एकल बहुमतको सरकार चाहिन्छ । मिसन २०८४ हामीले अगाडि बढाइरहेका छौं । कतिले अहिले हतार गर्‍या भनिरहेका छन् । २०८४ मा चुनाव हुन्छ भनेर सबैले थाहा पाएका छन् ।’

अध्यक्ष ओलीले गठबन्धनको कारणले देशको अर्थतन्त्र ओरालो लागेको आरोप लगाए । सरकारले गुण्डाहरुलाई संरक्षण गरेको देखेर निराशा बढेको उनको भनाइ छ । उनले सरकारको कुनै नीति नै नभएको जिकिर गरे ।

अध्यक्ष ओलीले जनताले ५ वर्षको लागि निर्वाचित गरेर पठाए पनि सरकारले काम गर्न नसकेपछि एमाले नयाँ विचारका साथ अगाडि आएको दाबी गरे । ‘एमालेले बहुमत ल्याएन भने देश वर्वाद हुन्छ, अस्तित्व जोगाउन गाह्रो हुन्छ। हामीले देशको अस्तित्व, स्वाभीमान र समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि एमालेको एकल बहुमतको सरकार चाहिन्छ। मिसन २०८४ हामीले अगाडि बढाइरहेका छौं। कतिले अहिले हतार गर्‍या भनिरहेका छन् । २०८४ मा चुनाव हुन्छ भनेर सबैले थाहा पाएका छन्।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->