आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अध्यक्ष ओलीलाई राउटे समुदायले दियो ‘कोसी’ उपहार

अध्यक्ष ओलीलाई राउटे समुदायले दियो ‘कोसी’ उपहार


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८०, सोमबार

दैलेख / लोपउन्मुख राउटे जातीका मुखिया सूर्यप्रकाश शाहीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिएका छन। नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा आईतवार दैलेख पुगेका अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीले आफ्नो समुदायको जिविको पार्जनका लागि बनाउँदै आएको काठबाट बनाएको कोशी उपहार दिएका हुन्।

‘कोसी’ विशेषतः दही, मही, अचार राख्ने, पिठो मुछ्ने आदि काममा प्रयोग गरिन्छ। यो काठ, माटो वा धातुबाट बनाइन्छ। राउटे मुखिया शाहीले ओलीलाई काठबाट बनेको कोसी उपहार दिएका हुन्।

उपहार ग्रहण पश्चात एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फुलको माला निकालेर लगाई दिए । राउटे मुखियाले दिएको उपहार एमाले अध्यक्ष ओलीले रुचिपूर्वक ग्रहण गरी लिँदा लिँदै खोलेर हेरे। एमाले राउटे समुदायको अस्थित्व बचाउँदै जीविको पार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको अध्यक्ष ओलीले बताए ।

स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्खौली पेशा नै संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै एमाले अध्यक्ष ओलीले सहयोग गर्नु होला भन्ने लागेर भेट्न आएको बताउदै राउटे मुखिया शाहीले भने, ‘हामी प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आको (आएको) हामीलाई जंगलबस्न समस्या छ। ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या अब पनि केहि सहयोग गरन्ना भनेर भेट्न आयाका (आएका) हौं।’

राउटे समुदाय नेपालको अति लोपोन्मुख आदिवासी समुदाय हो। यो समुदाय अहिले पनि स्थायी घर बनाएर बस्ने गर्दैन। अहिले पनि राउटेहरू जङ्गलमा नै अस्थायी घर बनाएर बस्ने गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->