आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कृषकलाई मौरी घार वितरण

कृषकलाई मौरी घार वितरण


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८०, शुक्रबार

पोखरा /मौरी पकेट क्षेत्रकारुपमा विस्तार हुँदै गएको पोखरा महानगरपालिका १६ का कृषकलाई घार वितरण गरिएको छ । वडास्तरीय कृषि सञ्जालद्धारा लामाचौरमा आयोजित एक कार्यक्रम बीच चार लाख मूल्य बरावरका एक सय आधुनिक घार कृषकलाई वितरण गरिएको हो ।

उत्तीसको काठ र टुनीका फ्रेम रहेको चार हजार मुल्य रहेको उक्त प्रति घारमा पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदान र बाँकी स्वयंम कृषकले व्यहोर्ने व्यवस्था मिलाइएको छ ।
गत आर्थिक वर्षमा वितरण गरिएका कूल २३ लाख ४६ हजार ७७० मूल्य वरावरका १९३ वटा घारमा फष्टाएका मौरी फोरेर नयाँ घारमा विस्तार गर्ने लक्ष्यका साथ यस वर्ष पनि कृषकलाई खालीघार वितरण गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले कृषकलाई मौरीघार वितरण गर्दै व्यवसायिक मौरीपालनमा जुट्न वडावासीलाई आग्रह गरे ।
वडा कृषि सञ्जालका अध्यक्ष जितबहादुर बस्नेतका अनुसार महानगरको १३ लाख ९५ हजार ७३० रुपैयाँ अनुदान र कृषकको १३ लाख ५१ हजार ४० रुपैया लगानी भइसकेको छ ।

गत जेठको महिनामा वितरण गरिएका घारबाट कृषकले पहिलोपटक मह उत्पादन शुरु गरेको बताउँदै उनले चरनको राम्रो व्यवस्था र कृषकको मिहिनेतले वडा महको हव बन्ने विश्वास व्यक्त गर्दै हालसम्म २९३ थान मौरीका घार वितरण भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->