आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखरामा ओलीको गर्जनः ‘सत्ता गठबन्धनले देशको शिर झुकाउने काम गर्‍यो’

पोखरामा ओलीको गर्जनः ‘सत्ता गठबन्धनले देशको शिर झुकाउने काम गर्‍यो’


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८०, शुक्रबार

पोखरा / नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक कसैले पनि देश बनाउन नसक्ने बताएका छन् । भुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन एमालेको बिरोध गर्ने काममा मात्रै लागेको बताए ।

उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको समेत दाबी गरे । ‘एमाले देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतिपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ । अहिलेका तत्कालिक समस्याहरूको समाधानमा पनि लाग्छौँ । अर्को कुरा एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि । हामीबाहेकका अरु त एकजुट भएर लागेकै छन् नि,’ अध्यक्ष ओलीले भने ।

राष्ट्रियताका सन्दर्भमा वर्तमान गठबन्धनले शिर निहुराउने गरेको पनि अध्यक्ष ओलीको आरोप छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन पनि ‘ मिसन-०८४’ सुरु गरिएको उनले बताए । अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न मध्य पहाडी पुष्पलाल लोकमार्गको यात्रामा निस्किएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->