आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखराबाट बस चोरी गर्ने बालक पक्राउ

पोखराबाट बस चोरी गर्ने बालक पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८०, आइतबार

पोखरा / पोखरामा बस चोरी गर्ने बालक पक्राउ परेका छन् । सहचालकको काम गर्दै आइरहेका १७ वर्षका बालकले पोखराबाट बस चोरी गरी लैजादैँ गर्दा चितवनबाट पक्राउ गरेका हुन् ।

उनले शुक्रबार राती बस चोरी गरेका थिए । पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी भएको हो । तनहुँ म्याग्दे गाउँपालिका ३ का बालकलाई प्रहरीले चितवन भरतपुर महानगरपालिका ११ आँपटारीबाट पक्राउ गरेको हो ।

उनी विरुद्ध अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्धा दर्ता गराई थप अनुसन्धान गरिराखेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->