आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

घृणा र विद्वेष फैलाउने कुरा जायज हुन सक्दैन्ः ओली

घृणा र विद्वेष फैलाउने कुरा जायज हुन सक्दैन्ः ओली


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८०, आइतबार

पोखरा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सबैले मिलेर बनाउनु पर्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्यक्रममा आइतबार काभ्रेको धुलिखेल पुगेका ओलीले अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रममा बोल्दै कुनै जात विशेषले यो मेरा जातको राज्य हो भन्न नहुने बताए । ‘देश कुनै जात विशेषको हुदैन, नेपाल विविधता बिचको एकताको मुलुक हो’ उनले प्रष्ट पारे ।

कुनै जात वा समुदाय विशेषको कुरा गर्दा देश अघि बढ्न नभई ढुङ्गे युग तिर नै फर्कने ओलीले बताए । जातको आधारमा हुने सवै खालका विभेद अन्त्य हुने पर्नेमा ओलीले जोड दिए । ‘आपसमा घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन ।’ कोशीमा कसैलाई पनि पस्न दिन्न भन्नेलाई देश कसैको बिर्ता होइन भन्दा केपी ओलीले उत्तेजना फैलाउने काम गर्‍यो भन्दै लेखिएको बताउँदै चिहान खन्दै छु भन्नेका बारेमा केही नलेखेको प्रति असन्तुष्टि व्यक्त गरे । ‘कोही कसैको शत्रु नबनौँ, नेकपा एमाले पछौटेपनलाई शत्रु मान्छ, अविकासलाई शत्रु ठान्छ’, उनले भने।

नेपालमा विकास गर्न सकिने र नेकपा एमालेले गरेर देखाउने ओलीले बताए । त्यसैका लागि एमालेले अभियान सञ्चालन गरेको ओलीले प्रष्ट पारे । माओवादीले आन्दोलनका लागि जातीय राज्यको हुँडलो मच्चाएको बताउदै ओलीले हिंसा भड्काउने र घृणा फैलाउने खालका कुरा रोक्नु पर्नेमा जोड दिए । ढुङ्गा हान्ने कुरा मानव अधिकार भित्र नपर्ने बताउदै अध्यक्ष ओलील्े ढुङ्गा हान्ने कुरा होइन बसेर छलफल गरौँ भने । उनले सवैलाई देशभक्तिपूर्ण बाटोमा लाग्न आग्रह गरे ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली समृद्धिको लागि संकल्प यात्रामा छन् ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->