आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोही किन बरबाद होस् !

कोही किन बरबाद होस् !

पोखरामा हालै भएका र प्रहरीले सार्वजनिक गरेका दुई घटनाले विजय मल्लको नाटकको स्मरण गराएको छ र बालबालिका किन गलत बाटोमा लाग्दैछन् भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने आवश्यकताबोध गराएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८०, सोमबार

पोखरा/ नाटककार विजय मल्लको ‘कोही किन बरबाद होस्’ भन्ने नाटकमा ध्रुव भन्ने पात्र हुन्छ । विद्यालयमा ऊ अनेकखाले हर्कत गर्छ । कहिले साथीहरूलाई पिट्छ त कहिले कम्पासले घोचिदिन्छ । विद्यालयका प्राचार्यले ध्रुव किन बिग्रिएको हो भन्ने कारण खोज्छन् । आमा पोइला गएका कारण मातृवात्सल्यबाट विमुख भएकैले ध्रुव बदमास भएको चाल पाउँछन् । आफूलाई आमा भेट्न नआएको रिस अन्यत्र पोखेको पनि प्रष्ट हुन्छ । प्राचार्यले विद्यालयकी एक शिक्षिकालाई ध्रुवको आमा बनाउँछन् । अरुका आमाहरु टाढा भएर पो भेट्न आएका त ! तिम्रो त आमा यहीँ भएर हो भन्नेमा विश्वस्त गराउँछन् । ध्रुव सुन्ध्रिन्छ । पोखरामा हालै भएका र प्रहरीले सार्वजनिक गरेका दुई घटनाले उनै विजय मल्लको नाटकको स्मरण गराएको छ र बालबालिका किन गलत बाटोमा लाग्दैछन् भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने आवश्यकताबोध गराएको छ ।

१७ वर्षीय बालकबाट बस नै चोरी !

बालबालिकाले सानातिना कुरामा हात लम्काउनुलाई अन्यथा मान्न नमिल्ला । तर,पोखरामा एक १७ वर्षीय बालकले यात्रुवाहक बस नै चोरी गरेका छन् । कास्की प्रहरीका अनुसार तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ३ बस्ने एक १७ वर्षीय बालकले मंसिर २२ गते पोखरा ९,पृथ्वीचोकमा पार्किङ गरिएको यात्रुवाहक बस नै चोरी गरेका हुन् ।

ती बालकले ग १ ख ९६३८ नम्बरको बस चोरीमात्र गरेनन् ,आफैं चलाएर भरतपुर महानगरपालिकासम्म पु¥याए । प्रहरीले भरतपुर ११, आँपटारीमा चेकजाँच गर्ने क्रममा निजले बस चोरी गरेको पत्ता लागेको हो । ती बालक अर्को एक बसको सहचालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । बालक अहिले प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले कास्की जिल्ला अदालतमार्फत् चोरी तथा डाँका मुद्दाको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

स्कुटर चोरीमा पनि बालक नै !

कास्की प्रहरीले पार्किङमा राखिएको स्कुटर चोरीमा संलग्न अर्को एक बालकलाई पनि पक्राउ गरेको छ । पोखरा १६,दीपमा बस्ने ती बालक पनि १७ वर्षकै रहेको प्रहरीको भनाइ छ । ती बालकले यही मंसिर १९ गते पोखरा ३,नदीपुरमा पार्किङमा राखिएको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा १, बगरमा राखिएको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेका थिए । स्कुटर हराएको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले बालकलाई ग १४ प २०३४ नम्बरको स्कुटरसहित फेला पारेको थियो । सोधखोज गर्दै जाँदा उनले नै ग ८ प ९९३ नम्बरको स्कुटरसमेत चोरी गरेको पुष्टि भएको थियो । ती बालक यसअघि ३ पटक चोरी मुद्दामा नै पक्राउ परिसकेको प्रहरीको भनाइ छ । ती बालक स्कुटर चोरीमै पक्राउ परि सजाय पाएका थिए ।

पछिल्लो समय कास्कीमा हुने गरेका चोरीमा बालबालिकाको संलग्न भेटिदै आएको छ । बालबालिका भएकै कारण सजाय कम भएको सूचना अधिकारी विकले बताए ।
‘चोरीका घटनामा बालबालिका पनि भेटिएका छन् । यीबाहेक अन्य साना ठूलो चोरीमा समेत बालबालिका भेटिन्छन्,’ विकले भने, ‘बालबालिकालाई सजाय पनि कम हुन्छ । यहाँ पनि त्यस्तै भएको छ । पहिला नै स्कुटर चोरीमै पक्राउ परेका थिए । अहिले पुनः पक्राउ परेका छन् । पटकेलाई सजाय अलि कडा छ । तर बालबालिकालाई सजाय दिन मिल्दैन उनीहरुलाई सधार गृहमा राखेर सुधार्ने हो ।’

कारण खोजौं : अभियन्ता सिलवाल

बालअधिकारकर्मी तथा कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले बालबालिकाको चोरीको पछाडी कारण हुने बताइन् । बालबालिका नकरात्मक मार्गमा हिँड्नु गम्भीर सामाजिक मुद्दा रहेको र त्यसको न्यूनीकरण आजको आवश्यकता रहेको सुनाइन् ।

उनले बालबालिकामा पनि दुई उमेर समूहमा फरक–फरक कारण हुने गर्दछ । १२÷१३ वर्ष उमेर समुहका बालबालिले चोरी गर्दैछन् भने त्यसको पछाडी संगत वा अन्य व्यक्तिको हात हुन्छ । कोही न कोही गिरोहका कारण चोरी गर्ने गर्दछन् । ‘यस्ता घटनामा दुई किसिमका उमेर समूह हुन्छन् । १२÷१३ वर्ष उमेर समूहका हुन् भने साथीहरुको संगतमा लागेर हुने गर्छ वा त्यहाँ पछाडी कोही व्यक्ति हुन्छ जसले बालबालिकाको प्रयोग गर्छन् अर्को भनेको १७÷१८ वर्षका किशोर किशोरीहरु हुन् उनीहरु चोरीमा लाग्नु भएको आवश्यकता पूुिर्त गर्नकै लागि हो । कमजोर आर्थिक अवस्था, परिवारले आवश्यकता पूरा गर्न नसक्नु र दुव्र्यसनमा फसेकाहरु पनि चोरीमा लाग्ने गर्छन्,’ उनले भनिन् ।

उनका अनुसार एक महिनाअघिसम्म सराङकोटमा रहेको बाल सुधारगृहमा ९० जना बालकहरु थिए । उनीहरुहरु यौन दुव्र्यवहार, लागुऔषध र चोरीमा संलग्न भएका कारण त्यहाँ ल्याइएका थिए ।
बालबालिका चोरीमा लागेपछि उनीहरुको मानसिकताले नै चोरीमै लाग्न लगाउने गरेको सिलवाल बताउछिन् । बालबालिकालाई बालमनोविज्ञानले नै चोरीतर्फ अभिप्रेरित गर्ने गरेको उनको भनाई छ । यसका लागि उनीहरुलाई परामर्शको आवश्यकता हुने उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->