बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पितृको सम्झना र विवाहको अवसरमा विद्यालयमा आर्थिक सहयोग

पितृको सम्झना र विवाहको अवसरमा विद्यालयमा आर्थिक सहयोग


  • संजय रेग्मी
  • मंसिर २५ २०८०, सोमबार

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा जन्मिएकी स्वर्गीय सुमन शर्मा (फनिन्द्रकुमारी) को स्मृतिमा आफन्तले स्थानीय सार्वजनिक माध्यमिक विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

कटुवाचौपारीमा जन्मिएर अमेरिकामा बसेकी सुमनको सम्झनामा हाल अमेरिकामा रहेका उनका श्रीमान् डा.नन्दप्रसाद सापकोटा तथा छोरीहरू लुना शर्मा र मुना शर्माले उक्त अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गीय सुमन शर्मा (फनिन्द्र कुमारी) स्मृति अक्षयकोषमा रहेको उक्त तीन लाख रुपैयाँको मूल कोषबाट प्राप्त भएको ब्याजले हरेक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छनोट गरी आर्थिक सहयोग तथा शैक्षिक सामग्रीहरू वितरण गरिने विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले बताए ।

चन्दादाताले सोही विद्यालयका विद्यार्थीहरूको सांगीतिक क्षेत्रको उन्नयनको लागि थप ५० हजार रुपैयाँ समेत आर्थिक सहयोग गरेका छन् । सामुदायिक विद्यालयहरू सधैँ आर्थिक समस्यामा रहँदा बालबालिकाहरूलाई प्रोत्साहन गर्नको लागि सोचका सबै कार्यक्रमहरू लागू गर्न नसकिएको अवस्थामा दाताले गरेको सहयोग महत्वपूर्ण रहेको प्रअ उपाध्यायले बताए ।

यस्तै हालै मात्रै विवाह गरेकी पत्रकार लक्ष्मी पौडेल र माओवादी केन्द्रका युवा नेता तथा लेखक नारायण नेपालको जोडीले दुई फरक–फरक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
गत मंसिर १८ गते नुवाकोटको बेलकोटगढी नगरपालिका–६ देउराली स्थित झिल्टुङका नेपाल र हाल नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–१ सोमनाथ घर भएकी पौडेलबीच विवाह भएको थियो ।

नेपालले बेलकोटगढी स्थित देउराली नुवाकोटमा रहेको मालिका माध्यमिक विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनमा सघाउन छात्रवृत्ति उपलब्ध गराउनका लागि उक्त अक्षयकोष स्थापना गर्ने घोषणा गरेको नेपाल बताउँछिन् ।

पौडेलको परिवार केही वर्ष अगाडि नै पर्वतबाट बसाइ सरेर सोमनाथ पुगेको थियो । पौडेलले पर्वतमा रहँदा आफ्नो गाउँ बिहादी गाउँपालिका–३ मा रहेको जनता आधारभूत विद्यालयमा अध्ययन गरेकी थिइन् । विद्यालय पौडेलकै बुबा स्वर्गीय ढुण्डिराज नेपालको पहलमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->