आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अवैध प्राकृतिक दोहन गर्ने टिपर प्रहरीले समायो महानगरले छाड्यो

अवैध प्राकृतिक दोहन गर्ने टिपर प्रहरीले समायो महानगरले छाड्यो


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०८०, बुधबार

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार अवैध रुपमा प्राकृतिक दोहन गर्ने ५३ सवारी साधन नियन्त्रणमा भन्दै पत्राचार ग¥यो ।
कास्की जिल्लाका विभिन्न स्थानमा विभिन्न स्थानमा प्राकृतिक नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाइ चोरी निकासी भएको भन्दै नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझायो । प्रहरीले मंगलबार बिहान ट्रक, टिपर र ट्याक्टर नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि पोखरा महानगरपालिका पठाएको हो । प्रहरीले उक्त कार्य निरन्तर भइरहेको बताएको छ ।

तर, पोखरा महानगरपालिकाले भने मंगलबार दिउँसो कारवाहीका लागि पठाएका ती सवारी साधनलाई त्यसै छाडिदिएको छ । विना कारण सवारी नियन्त्रणमा लिएको भन्दै सवारी चालक तथा सवारी धनीले महानगरमा घेरा हालेपछि उनीहरुलाई त्यसै छाडिएको हो ।

पोखरा २५ हेमजाका बलराम त्रिपाठीले आफ्नो दुईवटा टिपर त्यसै समाएको बताए । ‘विना सूचना मेरा गाडी समातिए । प्रहरीकहाँ पुगेर सोध्दा महानगरपालिकाको आदेश हो हामीले महानगरपालिकामा पठाएका छौं भन्ने कुरा भयो,’ उनले भने, ‘हाम्रो भ्याटबिलदेखि सबै कागजात छ तर किन समाइयो भन्ने कुरा नै थाहा भएन् ।’ आफुले सवारीको कागजात पाउँदासमेत समाएको कुरा पत्ता लगाउन नसकेको उनको भनाई छ ।

सुवाष तामाङले आफ्नो सवारी विना कारण समातेर ल्याएको सुनाए । उनले विहान समातेको र त्यसै छाडेको सुनाए । ‘म विहान ६ बजे खोला भएको थिएँ । खोलाबाट चोकर लिएर आएको हुँ । मैले रातोपहिरोदेखि ल्याएको हुँ । मैले भ्याट काटेरै आएको हो रसिद सबै छ । आउँदाखेरी पावरहाउसमा पुलिसले समाउनुभयो र महानगरको आदेश हो भनेर यहाँ ल्याया,े’ उनले भने, ‘यहाँ एउटा भ्याट बिलमा धेरै पटक लगियो भन्ने छ । तर के हो थाहा भएन ।’ उनले विना जरिवाना कागजात फिर्ता पाएको समेत सुनाए । विहान समाएको र अहिले त्यसै कागजपत्र दिएको उनले बताए । ‘भ्याट बिल पनि छ सबै छ । भ्याट बिल भएन भएन भनेर समातेको रहेछ तर हाम्रो सबै ठीक छ । विहान ८ बजे समाएको अहिले हस्ताक्षर मात्रै गराएर छाड्यो ।’

पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारीले प्रहरीले विहान गरेको अनुगमनपश्चात नियन्त्रणमा लिएका सवारीको भ्याट बिलहरु सक्कल हो या होइन भनि महानगरमा पठाएको बताए । प्रहरीले नियन्त्रणमा लिएका मालबाहक टिपर, ट्रक र ट्याक्टरहरु महानगरले नै ठेक्कामा दिएका घाटहरुको रहेको र उक्त घाटहरु भ्याटमै रहेकाले कागजपत्र हेरी छाडिएको जानकारी दिए ।
‘विहान प्रहरीले अनुगमन गर्दा ५६ वटा सवारी नियन्त्रणमा लिनु भएको रहेछ । उहाँहरुले कागजपत्र हुनेहरुलाई समेत नियन्त्रणमा लिनुभएको हो । प्रहरीलाई भ्याट बिल नक्कली वा सक्कली भन्ने कुरा थाहा हुने कुरा भएन त्यही भएर उहाँहरुले महागनरपालिकामा पठाउनुभएको हा,े’ उनले भने, ‘हामीले कागजपत्र हेरेपछि छाडेका छौं । एउटा मात्रै कागजपत्र नभएको कारण कारवाहीमा परेको छ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यवाहक सूचना अधिकारी इन्स्पेक्टर सुर्य रानाले कागजपत्रसहित पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरपालिकामा पठाएको र त्यहाँबाट भएको कारवाहीको आधिकारिक पत्र नआएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->