आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बिहिबार १२ बजे सेतीबाध खोलिने, पानीको वहाव बढ्ने भन्दै सचेत रहन प्रहरीको अनुरोध

बिहिबार १२ बजे सेतीबाध खोलिने, पानीको वहाव बढ्ने भन्दै सचेत रहन प्रहरीको अनुरोध


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०८०, बुधबार

पोखरा / पोखराको सेती नदीको बाध खोलिने भएको छ । सेती नदीमा मानिस वेपत्ता भएको र उसको खोजी कार्यका लागि ड्याम खोली पानीको वहाव बढाउन लागेपछि प्रहरीले सचेत रहन अनुरोध गरेको हो ।

सोमबार तनहुँ घर भई पोखरा १६ लामाचौर बस्दै आएका संगम मिश्र उपचारका लागि मणिपाल अस्पताल पुगेका थिए ।संगमलाई ज्वरो आएपछि अस्पताल लगिएको थियो । बुबालाई अस्पतालमै छाडेर संगम निस्किएका थिए । संगमको खोजतलासी गर्ने क्रममा उनले लगाएको लुगा अस्पतालदेखी नजिकै रहेको सेती नदीको किनारमा भेटिएपनि उनलाई नदीले बगाएको अनुमान गरिएको छ ।

परिवारले ड्याम खोली खोजिदिन आग्रह गरेपछि भोलि ( बिहिबार) १२ बजेदेखी ४ बजेसम्म ड्याम खोलिने भएको हो । ड्याम खोल्दा नदीमा पानीको बहाब बढने भन्दै नदी किनारमा काम गर्ने र नदीमा आउनेहरुलाई चनाखो हुन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->