आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नेतृत्वकर्ता सत्ता र स्वार्थमा केन्द्रित हुँदा देश पछि पर्‍योः ओली

नेतृत्वकर्ता सत्ता र स्वार्थमा केन्द्रित हुँदा देश पछि पर्‍योः ओली


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०८०, बुधबार

पोखरा / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताएका छन् । झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राका क्रममा बुधबार भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनै श्राप परेर नेपाल पछि परेको नभइ सत्ता, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गरे। उनले नेपाल गरिब हुनुको कारण सत्तासीनहरूको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुनु र चासो नहुनु रहेको बताए ।

उनले भने, ‘सरकार उपयुक्त बनेन भने, दृष्टिकोण भएको सरकार बनेन भने, देशप्रति इमान्दार सरकार बनेन भने जनता र जनताका हितहरूप्रति सरकार जवाफदेही भएन भने देश गरिब हुन्छ । पछाडि पर्छ । कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन । सत्ता स्वार्थ भएर आत्मकेन्द्रित भएर, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास कसरी हुन्छ ? नेपाल गरिब हुनुको कारण सत्तासीनहरूको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुने, चासो नहुने त्यसकारण हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->