आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

‘भ्रष्टाचारीबाट पार्टीलाई जोगाऔं’ गण्डकीको नारामा देउवाको असहमती, यस्तो दिए निर्देशन

‘भ्रष्टाचारीबाट पार्टीलाई जोगाऔं’ गण्डकीको नारामा देउवाको असहमती, यस्तो दिए निर्देशन


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८०, मंगलबार
कांग्रेसको प्रथम गण्डकी प्रदेशको मुख्य ब्यानर, जहाँ ‘भ्रष्टाचारीबाट पार्टीलाई बचाऔँ’ लेखिएको नारामा सभापति देउवाको दवावपछि ‘भ्रष्टाचारी’शब्द हटाइयो। तस्वीरः ढोरपाटन

पोखरा /  नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन पोखरामा चलिरहेकोे छ । तर यो सम्मेलनमा पार्टी नीति, विचार र संगठन भन्दा पनि यहाँ ब्यानारमा लेखिएको भ्रष्टाचारीबाट पार्टीलाई बचाऔं भन्ने नारा नै किन हटाइयो भन्ने विषयको चर्चा ब्यापक छ ।

कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको ब्यानरबाट लेखिएको ‘भ्रष्टाचारीबाट पार्टीलाई जोगाऔं’ भन्ने वाक्य हटाउन पार्टी सभापति देउवाले दिएपछि यसको चर्चा चुलिएको हो । गण्डकी प्रदेशले भने सहजै यसलाई हटाउन मानेको थिएन् ।

कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको ब्यानरमा ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारीबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुर्नस्थापित गरौं’ भन्ने नारा लेखिएको थियो।

तर पार्टी सभापति शेरबहादुर देउवाले सो नारामा लेखिएको ‘भ्रष्टाचारीबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य हटाउन दवाव दिएर तत्कालै हटाउन लगाए।

देउवाले पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालाई सो वाक्य हटाउन दबाब दिएका थिए। सो क्रममा सभापति देउवा र प्रदेश सभापति शर्माबिच भनाभन पनि भयो । तर प्रदेश सभापतिले केन्द्रिय सभापतिको आदेश नमानी धरै पाएनन् र त्यसलाई हटाउन होईन, नारामाथी टेप टाँस्न लगाए । तत्कालै पोतो जस्तो गरेर ब्यानर टाँसियो ।

देउवाको दबाबपछि मञ्चको पर्दा झारेर सो वाक्यलाई टेपले टालेर कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा बोल्ने क्रममा महामन्त्री गगन थापाले सो विवादबारे कोट्याउदै भने, ‘भ्रष्टाचारीलाई हटाउँछु भनेर ब्यानरमा लेखे पनि, छोपे पनि व्यवहारमा भयो भने भयो, व्यवहारमा भएन भने भएन।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->