बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविशिरोमणिको १४० औं जन्मजयन्तीमा कविता प्रतियोगिता

कविशिरोमणिको १४० औं जन्मजयन्तीमा कविता प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८०, शनिबार

कास्की/कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा स्थानीय जनएकता युवा क्लबले राखेको कविता प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी एलिसा मिश्रले प्रथम स्थान हासिल गरिन् ।

प्रतियोगितामा जनप्रकाश माविकी आशा परियारले द्धितीय,न्यू एरा माविकी सदीक्षा अधिकारीले तृतीय स्थान हासिल गरिन् ।यसै गरी त्रिवेणी पब्लिककी प्रकृति अधिकारीले चौथो स्थान प्राप्त गरिन् ।
यसै गरी जन्मजयन्तीकै अवसरमा लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा ग्लोबलका अनुपम रिजालले प्रथम स्थान हासिल गरे । प्रतियोगितामा अमरसिंह माविकी करुणा काफ्लेले द्धितीय र डायमण्ड माविकी सुरवी पौडेलले तृतीय स्थान प्राप्त गरिन् । यसै गरी शितलादेवी माविका अनुराग सापकोटाले चौथो स्थान प्राप्त गरेका संयोजक शिव लामिछानेले वताएका छन् ।

विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समारोहमा उनीहरुलाई पुरस्कारद्वारा सम्मान गरिने लायन्स क्लब अफ लेखनाथका अध्यक्ष रमानाथ पौडेलले वताए

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->