आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बसको ठक्करबाट लेखनाथ महोत्सव गेटमा एक व्यापारीको मृत्यु, तीन घाइते

बसको ठक्करबाट लेखनाथ महोत्सव गेटमा एक व्यापारीको मृत्यु, तीन घाइते


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८०, शनिबार

पोखरा/ बसको ब्रेक फेल हुँदा लेखनाथमा एक जनाको मृत्यु तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका २७ लेखनाथस्थित डाँडाकोनाकमा लेखनाथ महोत्वसको प्रवेश गेटअघि व्यापार गरिरहेका एक भारतीयको मृत्यु भएको हो ।

बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ब्रेक फेल हुँदा महोत्सवमा प्लाष्टिकबाट निर्मित सामान (बाटा) विक्रि गर्न आएका ३० वर्षिय इस्श्रावती कुमारीलाई ठक्कर दिएको थियो ।

ब्रेक फेल भई पूर्वतर्फ जाँदै गर्दा सडकको दायाँ साईडमा रहेको माटोको ढिस्को तर्फ गई कुमारीलाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्करबाट गम्भिर घाइते उनको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा १०स्३८ डाक्टरले मृत घोषणा गरेको थियो ।

उक्त बसमा सवार २० जना मध्य ३ जना घाईते भएका छन् । घाइते हुनेमा तनहुँ म्याग्दे गाउँपालिका ८ का ३६ वर्षिय रामजी गन्धर्ब उनको श्रीमती ३० वर्षिय विष्णु गायक र पर्सा दिप नगरपालिका १ का ४६ वर्षिय चिज माया गन्धर्ब घाइते भएका हुन् । बस चालक र बस ईलाका प्रहरी कार्यालय शिशुवाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->