आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

राष्ट्रियसभा उम्मेदवार तय गर्नका लागि मापदण्ड बनाउने कांग्रेसको निर्णय

राष्ट्रियसभा उम्मेदवार तय गर्नका लागि मापदण्ड बनाउने कांग्रेसको निर्णय


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८०, शनिबार

काठमाडौं / नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार तय गर्नका लागि मापदण्ड बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख मिन बहादुर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा योगदान पुर्याएका र छुटेका, भूगोल र समुदायलाई पनि प्राथमिकतामा राखेर निर्णय लिइने छ। ‘राष्ट्रिय सभाको उम्मेदवार कस्तो प्रकृतिको बनाउने भनेर निश्चित मापदण्ड बनाइएको छ,’ उनले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘अहिलेसम्म अवसर नपाएका, पार्टीमा योगदान पुर्याएका र छुटेका, भूगोल र समुदायलाई पनि प्राथमिकतामा राखेर निर्णय लिइने छ।’

समुदायमा कांग्रेस भन्ने अभियान, जाजरकोट भूकम्पपीडितको घरटहरा निर्माण, लगायतका विषयमा बैठकमा छलफल भएको उनले बताए। घरबारविहीनलाई छानामुनि ल्याउनका लागि पनि सरकारसँग माग गर्ने निर्णय गरेको छ।

बालकुमारी घटनामा कसको पक्षबाट गल्ती भएको हो भन्नेबारे छानबिन गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको पनि उनले बताए। त्यस्तै, मृतकका परिवारलाई विशेष निर्णय गर्न समेत कांग्रेस बैठकले माग गरेको छ। आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर अन्य निर्णयहरू सार्वजनिक गरिने उनले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->