आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट सिफारिस गर्न जोड

राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट सिफारिस गर्न जोड


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८०, आइतबार

पोखरा/ नेपाल मुस्लिम संघको दोस्रो गण्डकी भेलाले राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट मुस्लिम समुदायको उम्मेदवारी बनाउन जोड दिएको छ । नेपाल मुस्लिम संघ गण्डकी कार्यसमितिको आयोजनामा पोखरामा शनिबार सम्पन्न ऐतिहासिक दोस्रो गण्डकी प्रदेशस्तरीय मुस्लिम भेलाले राष्ट्रियसभामा मुस्लिम समुदायबाट पनि उम्मेदवार सिफारिस गर्न दबाब सिर्जना गर्ने उद्घोष गरेको हो ।

भेलाको सम्बोधन गर्दै पूर्वअर्थ तथा उर्जामन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभामा मात्रै नभई आगामी ०८४ को निर्वाचनमा मुस्लिम समुदायका उम्मेदवार बनाउनुपर्ने बताए । उनले आफ्नो अधिकार प्राप्तिका लागि मुस्लिमहरु एक भइ अघिबढेमा संविधानले नै व्यवस्था गरेका अधिकारहरु पाउनेमा जोड दिए । विधानअनुसार वडादेखि नै मुस्लिमको समावेश गर्ने गरी कांग्रेस अघिबढ्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्यालले प्रदेशमा मुस्लिमको अधिकारका लागि विशेष पहल गर्ने बताइन् । उनले कहीँकतै खानेपानीमा समस्या भएमा तत्कालै जानकारी गराउन अनुरोध गरिन् ।

नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तारले मुस्लिम समुदायले राजनीतिमा कुनै अवसर नपाएको गुनासो पोखे । उनले पहाडी भेगमा आफ्नो समुदायलाई निकै उपेक्षित गरेको सुनाउँदै प्रतिशतको आधारमा नहेरी हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन अनुरोध गरे । पहाडी क्षेत्रमा यो समुदाय आर्थिक, भौतिक र शैक्षिक रुपमा निकै पछि परेकाले कांग्रेसले त्यसको समाधान गर्नुपर्ने उनको धारणा थियो ।

भेलामा कास्की, तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर लगायतका जिल्लाबाट गतवर्षको एसईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण भएका मुस्लिम समुदायका विधार्थीहरुलाई सम्मान, संघको महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा गण्डकी प्रदेशबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको केन्द्रीय उपाध्यक्ष सनम वेगमले जानकारी दिइन् ।

यस्तै केन्द्रीय समितिमा रहेका पदाधिकारीलाई समेत सम्मान तथा बधाई दिइएको थियो । भेलाले राज्यबाट उपलब्ध हुने सेवा सुविधामा मुस्लिम समुदायलाई बन्चित हुन नदिन दबाब दिने गरी अघि बढ्ने महाधिवेशन प्रतिनिधि सनम बेगमले जानकारी दिइन् । संघका प्रदेश समिति अध्यक्ष शाह मोहम्मद मियाँका अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->